4 Jan 2012

एकदिन ९ बर्सको एक बालकले चंगा उडाउदै गरेको बाबुलाई भन्यो - "बुबा ! यो चंगा हावा माथि कसरि अडिरहेको होला? त्यसैबेला बाबुले उत्तर मा भने - यो सबै लट्टाईको धागो को कारण ले भएको हो | बाबुको प्रतिउत्तर बालकले पुन प्रस्न गर्यो - "बुबा ! यो धागो ले त झन् चंगा लाई माथि जान रोकिरहेको छ , हैन र ?"
आफ्नो अबोध बालकलाई प्रयोगात्मक जबाफ दिन खोज्दै बाबुले भने -" उसो भए ल हेर मा यो चंगाको धागो लाई लट्टाई बाट चुडाइदिन्छु | लट्टाई बाट धागो चुडिएपछी बालक  छक्क पर्यो| चंगा क्रमस तल खस्न थाल्यो| जुन कुरा उसको सानो दिमागले आजसम्म ठम्माउन सकेको थिएन| ठिक यसै गरि हाम्रो अब्यबहरिक कलिलो मस्तिस्क पनि यदाकदा  विचार उत्पन्न हुने गर्दछ, कि बाबु आमाले हामीलाई बिनासितिमा बन्धन वा नियन्त्रण खडा गरिरहेका छन्| यदि यस्तो नहुने हो भने हामी हाम्रो सम्भावित उचाई बाट  खस्न सक्छौ भन्ने सम्बन्ध मा भने कहिले विचार गरिरहेका हुदैनौ|

तपाइले यसबाट केहि जान्नुभयो त? ??????



Thanks,
Posted By: Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition