5 Jan 2012

एकपल्टको कुरा हो - राजा अकबर बादशाहले  आफ्ना मन्त्रि बिरबललाई खसाल्ने उदेस्य राखी भनेछन "बुझेउ बिरबल  ! आज मैले बडो गजबको सपना देखे नि |" कस्तो सपना सरकार ? - बिरबल ले प्रतिप्रस्न गरे| बिरबल को प्रस्न मा राजाले भने "बिरबल ! आज राति  सपनामा दुइवटा पोखरीहरु देखे, एउटा दिशा नै  दिशा ले भरिएको  पोखरी र अर्को चाही मह नै मह ले भारिएको पोखरी|


अनि के भयो महाराज ! हुकुम होस् न - बिरबल ले भने महाराज अकबर ले बिरबलको मान खसाल्न खोज्दै भने - दुखको कुरा म चाही मह नै मह ले भारियको पोखरी मा डुबिरहेको तर तिमि भने गन्हाउने दिशा नै  दिशा को पोखरी मा डुबिरहेको |

महाराज ! अकबर को भनाइ लाई तत्काल बौदिक प्रतिबाद गर्ने क्रम मा बिरबल ले भने "ओहो ! गजब भयो सरकार! कस्तो संयोगको सपना | मैले पनि ठ्याम्मै त्यस्तै द्रिस्य आज बेलुकी को सपनामा देखेको |

महाराज अकबरले  आश्चर्य चकित हुदै प्रस्न गरे - के रे ! तिमीले पनि त्यहि सपना देखेको रे | अनि तिम्रो सपना मा चाही के भयो त ? दुखको कुरा महाराज मेरो सपना मा चाही हजुर महको पोखरीमा डुब्दै गर्दा मैले हजुरको शरीर चाटिरहेको म चाही दिशा को कुण्ड म डुब्दा हजुरले चाही मेरो शरीर चाटिरहेको |

यो पोस्ट मैले बच्चा बेलामा सुनेको तर अहिले पनि याद मा आइरहने एउटा अकबर बिरबल को कथा हो|




Thanks,

Posted By : Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition