4 Jan 2012

कुनै एक चोर लाई सजाए सुनाउने क्रम मा अदालतका जज ले निज चोर संग प्रस्न गरे - तिमीलाई आफ्नो अभियोग को सम्बन्धमा केहि भन्नु छ? तत्काल चोरले जवाफ दियो- "हजुर! मेरो एउटा आग्रह छ , कि मेरो आमा- बाबुलाई पनि म संगै जेल चलान गरियोस|
जज ले उक्त  चोर संग यसको कारण को बिसयमा चर्चा गर्दा छोराले प्रतिउत्तरमा भन्यो - "हजुर ! जब म सानै थिए मैले स्कुल बाट साथीको एउटा कपि चोरेर ल्याएको थिए, तर मेरा बाबुआमा ले यो कुरा थाहा पाएर पनि मलाई केहि भनेनन् | त्यसपछि मैले एकदिन स्कुलबाट पेन चोरे तैपनि उनीहरुले यस बिसयमा कुनै प्रकारको पनि प्रतिक्रिया जनाएनन्  | यस घटना पश्चात का दिनहरुमा मैले आफ्ना साथीभाई , छर-छिमेकीका कतिपय चिजबिझ्हरु  चोर्ने गरे, एबम रितले चोरी गर्नु मेरो लागि एक बानी जस्तै बन्न गयो | मेरा आमा बाबुले यसको बारेमा जान्दा जान्दै पनि कुनै प्रकारको रोकतोक गरेनन | फलत त्यसको परिणाम म आज भोग्न शुरु गरिरहेको छु | यदि यो जेलमा म संगै अरु कुनै दोषी लाई सजाय दिनु छ भने केवल मेरा आमा- बाबुलाई दिनुहोस|



Thanks,
Posted By: Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition