25 Jun 2013

आँखा मा राख्न खोज्छु तिमीलाई
कसिंगर बनिदिने डर लाग्छ |
मुटु भित्र लुकाउन खोज्छु तिमीलाई
व्यथा बनिदिने डर लाग्छ | |


रक्तसंचार संगै सिंचित गर्न  खोज्छु तिमीलाई
बिष बनिदिने डर लाग्छ |
म असाध्दै माया गर्छु तिमीलाई
तर तिमीले छादिदिन्छेउ कि भनेर डर लाग्छ | |

आँशु झारी  तिमीले रोएको देख्दा
मैले नरोउ भनेर भन्न सकिन |
आखिर तिमि मेरो पनि होइनौ
तर मैले तिमीलाई पराइ  ठान्न सकिन | |

सपनामा तिमीसंग प्रिती गाँसेको
तर बिपनी मा प्रिय भन्न सकिन |
मलाई तिम्रो असाध्दै माया लाग्छ
तर आइ लव यु भन्न सकिन | |

तर आइ लव यु भन्न सकिन || ||






Thanks,
Posted By: Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition