25 Jun 2013

     कुनै एकताका म टेलिफोनोफोबिया ले ग्रस्त थिए I मेरो फोन बज्ने बित्तिकै म एक्कासी बेहोस हुने, डर लाग्ने शरीर काप्ने जस्तो हुन्थ्यो I मलाई अहिले पनि सम्झना छ एकपल्ट नयाँ नम्बर बाट फोन आएको थियो I त्यो काठमाडौं को लाईन को फोन नम्बर थियो I म डर ले भुईमा ढले केहि थाहा भएन सायद म बेहोस भएको थिए I त्यसपछि मैले करिब ६-७ महिना फोन use गर्न छाडिदिएँको   थिए, पछि data SIM card use गर्न थालें जसबाट फोन गर्न र receive गर्न नमिल्ने हुन्थ्यो I इन्टरनेट र संदेश आदान प्रदान गर्न मिल्ने थियो I यहि चलाउदै गएँ र पछि यही चलाउन अभ्यस्त भएँ I
     ६-७ को महिनाको data SIM को प्रयोगपछि मेरो सोचाई परिवर्तन हुदै गए आक्कल झुक्कल म फोन dial गरि कुरा गर्न सक्ने भए त्यसपछि १-२ महिना कहिलेकाही मात्र म अर्को SIM हाल्ने गर्थे I त्यसपछि पनि मलाई पुरै परिवर्तन नभईसकेको मलाई थाहा भयो, म कुनै फोन receive नगर्ने वालामा थिए I
 
     अरु घन्टौ फोनमा कुरा गर्दा मलाई पनि रहर लाग्थ्यो, र मैले आफ्नो सोचाई परिवर्तन गर्न थालें र म पनि फोन गर्ने सक्ने भए अब खुशी लाग्न थाल्यो I म धेरै कोशिस गर्थे धेरै समय फोन गर्नको लागि तर मेरो Average Call Duration १-२ मिनेट मात्र हुन्थ्यो I मलाई लाग्थ्यो यो कम भयो र यसलाई बढाउन तिर लाग्न थालें, तर मैले सकिन I यसका लागि प्रयासरत रहंदा पनि नसकेपछि मेरो फोन प्रतिको क्रेज कम हुन थाल्यो र म पहिला जस्तै भएँ I फोन कम गर्ने र यसबाट टाढई बस्न चाहन थालें I  
     म मोबाईल चलाउथे केवल संगीतका लागि त्यसैमा म खुशी हुन्थे I प्राय मेरो कान मा Ear Phone जोडिएको हुन्थ्यो I त्यो मेरो एक किसिमको लत जस्तै बसेको थियो I तर पनि मा फोन गर्ने कोशिस गर्थे साथीभाई संग को दुरी कम गर्न, परिवार संग आत्मियता बढाउन होस् या आफ्नो इक्छ्या मेटाउन म दिन मा २-४ पटक फोन गर्ने गर्थे I पछि फोन गर्न म औपचारिक बन्न थालें काम परे मात्र नत्र miss call ले नै काम चलाउथे I
     यो मन न हो परिवर्तन भईरहन्छ धेरै खाँदा चिनी पनि तितो भनेझै मलाई सधै एउटै वार्तालाप गर्दा दिक्क लाग्न थाल्यो I प्राय एउटै हुने गर्थ्यो I के छ हालखबर? अनि नया नौलो कस्तो छ ? यति पछी के भन्ने म दोधार मा पर्ने गर्थे I त्यसो हुँदा म फेरी फोन मा कुरा गर्न कम हुदै गयो I
     तर आज अनायासै याद आयो मेरो फोन off छ कि के हो मैले एकहप्ता पछी यो महसुस गरेको थिए I र मैले फोन खोज्न थाले मलाई गार्हो भएन फोन म सुत्ने खाटको सिरानी मुनि थियो I switch off छ कि जस्तो लाग्यो हेर्दा रहेनछ, Battery एक line कम भएछ, र पनि फोन अन नै थियो I No Missed Call and No Message दिक्क लाग्यो I म एक्लो भए, मेरो कोहि रहेनछन भनि आत्मग्लानी महशुस गर्न थाले I मलाई रिस उठ्न लाग्यो, रिंगटा लाग्न लाग्यो, हातले टाउको समाएँ ब्लक ब्लक गर्दै थियो I Contact List मा गएँ एक पछी अर्को गर्दै Delete गरिदिएँ I Message मा भएको सबै mesege Delete गरिदिए I केही टाउको दुखाई मत्थर हुदै गयो र सुतें I निन्द्रा लागेन फेरी फोन हेरें र कसैले गर्छ कि भनेर फोन तिर हेर्न थालें I ति कुरै ब्यर्थ भए त्यो बेला फोन Buzz भएन I कोल्टे फेर्दै फेरी सोच्न थालें कोहि मानिसलाई फोन झर्को लाग्ने र Divert गर्छन आफु भने फोन Buzz नभएर चिंताग्रस्त थिए , अचम्म लाग्यो I घडी हेरें रातको ११ बजेको थियो अब त फोन गर्ने सबै निदाए होलान I मेरा लागि फोन गर्ने कोहि भएनन I म कसैको काममा आउन सकिन फालिएको ढुंगा जस्तो, फालिएको ढुंगा पनि केहि काम आउला तर म त्यो जतिको पनि भईन
     हिनताबोध र ग्लानी ले रात बित्दै थियो I मैले फोन Divert गरिदिए फोन नआऊने भयो एकै छिन Relief भयो I तर मैले सोच्न थालें Divert गरे नि नगरे नि फोन त आको नै छैन फेरी किन Divert यसको के अर्थ रह्यो र? फेरी मैले Divert Cancel गरिदिएँ I

     आफ्नो बिगत सम्झीए कैले कहिँ झुक्किएर Wrong No. बाट पनि फोन आऊने गर्दथ्यो, कसैले झुक्किएर अर्को नम्बरमा गर्दा मेरो मा परेर आ’को हुन्थ्यो तर आजकल त त्यो पनि आएन I मलाई लाग्यो सबैको नाम लिस्ट बाट मेरो नम्बर मेटिसकेको छ जस्तो लाग्यो I आफ्नो नाम लिस्ट हेर्दा खाली थियो I फोन गर्नका लागि ब्यालेन्स चेक गर्दा १०० रुपिया जति अझै थियो, त्यो ब्यालेन्स बिगत एक महिना देखि त्यति नै थियो I मैले कसैलाई फोन गरिन, अहिले फोन गर्न खोज्दा कसैको पनि नम्बर छैन I फेरी नम्बर Delete गरेकोमा पश्चाताप लाग्न थाल्यो I
 
     फेरी फोन गर्ने इच्छा हुँदा हुँदै पनि मैले फोन गर्न सकिन किनकि म संग उत्तर थिएँन, म अवाक भएर बस्नु पर्ने हुन्थ्यो I किनकी मसँग सुनाउने नया हालखबर म संग थिएन I त्यसैले ओल्टे कोल्टे गर्दै सुत्ने कोशिस गर्दै फोन फालिदिए र सबै बाट टाढा हुने हो कि जस्तो लागि रह्यो र फोन फुट्यो I यो बनाउने कोसिस अहिलेसम्म गरेको छैन I


Posted By : Daniel (Bhagwan)

1 comment:

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition