16 May 2014


केटा गोठालो जाने पौडी खेल्ने, माछा मार्ने खाने, रमाइलो जिन्दगि देखेर इर्श्या ले जल्दथे. एकदिन सहरको मानिस मोटो, रसिलो , सफा सुकिलो कपडा मा त्यहि गाउँ मा घुम्ने सिलसिला मा आयो. त्यस्तो मान्छे आएपछि सबै जना उस प्रति आकर्सित भए . त्यो केटा पनि गाउँ छाडेर सहर जाने कुरा त्यस सहरी मानिस संग गर्यो सहरी मानिस पनि त्यस कुरा मा राजी भयो. सहरी मानिस ले काम मा लगाईदिने भनेर सहर लग्यो.

केटाले सहर मा त्यस सहरी मानिस का लागि खान पकाउने , साग सब्जी किन्ने, पालेको राम्रो बिदेशी कुकुर लाइ खान खुवाउने, नुहाइदिने , पोखरी सफा गर्ने , गमला मा पानि हाल्ने काम राम्रो संग गर्यो. त्यस काम बाट सहरी मानिस खुसि थियो.
एकदिन सहरी मानिस ले गाउँले केटा लाइ खुसि हुदै सोधेछ, गाउँ भन्दा सहर कस्तो लग्यो ?
केटा ले भन्योएकदम अचम्म लाग्यो.”
उसो भए सुनाउ के के अचम्म लाग्यो. सहरी मानिस ले भन्यो
अनि केटा ले भन्छ.
सहर मा एउटा कुकुर लाइ पनि खाना खुवाउनु पर्ने गाउँ मा हाम्रो वटा भोटे कुकुर लाइ पनि कहिले पनि खान खुवायनौ.
गाउँमा ठुलो पोखरी सफा गरे पनि नगरे पनि सधै निलो सफा हुने, यहाँ यति सानो पोखरी दिनै  सफा गर्दा पनि सफा निलो नहुने.
यहाँ बिदेशी बत्ति चहकिलो हुने गाउँ मा राति तारै तारा चम्किन्छन .
यहाँ सानो ठाऊ मा पनि घरै घर गाउँ मा पुरै आँखाले देखुन्जेल आफ्नै ठाउँ.
यहाँ सानो टुक्रा जग्गा, गाउँ मा पुरै आँखाले देखुन्जेल आफ्नै जग्गा.
सहर मा सौचालय पनि छाना भएको वहाँ जता पनि खुल्ला मज्जाले पाईने .
यहाँ किनेर बासी मात्र खान पाईने वहाँ आफैले बारी बाट टिप्दै खान पाईने .
सहर मा सुरक्षा गर्न पनि तार बार लगाउन पर्ने , गाउँ मा गाउले भए ढुक्क हुने.

मलाई सार्है अचम्म लाग्यो सहर देखेर.
गाउँले केटा ले सहरी मानिस लाई भन्यो.



Thanks,





 

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition