25 Jan 2012

Bhagwan
म किनारा मा छु
धकेलिन सक्छु,
अंगालोमा बेरिन सकिन्छु
उ मेरी श्रीमती हो 


उ मेरो अर्धांगिनी हो
म अर्धनग्न भएपछी
खुशी हुन्छिन,
हाँसो गर्छिन,
छिमेकी, संगी संग
बुडोको उपहार भन्दै
मलाई देखाई हास्नेछिन,
मेरो अर्धनग्न अबस्थामा

हामि सुख दुख का साथी हौ
उ मेरो सुखकी सहयात्री
उ मेरो दुख कि कारक हो
महिना बितेको दिन गन्दै छिन्

यो महिना नेपाल बन्द थियो
बुझिनन
एक्कासी सातो खाईन
रुन्चे स्वोर लाउदै
श्रीन्गार का सामान खोज्दै
उदाहरण दिदै संगी का कुरा गर्थिन


चुप थिएँ,
सोच्दै थिएँ
उसले दुख देखिनन्
मलाई बुझिनन
कैले बिछ्यौना बाट खासल्छिन
कैले डाडु पन्यु ले तर्सौछिन
कैलेई बुझिनन,
म भन्सार को जागिरे थिइन
भ्रस्टचारी बनिन,
यो महिना नेपाल बन्द थियो
नेपाल बन्द छ
नेपाल बन्द हुनेछ


उनले मलाई कहिल्यै बुझिनन
उनि मेरी जीबनसाथि थिइन्
उनि मेरी श्रीमती थिइन्
उनि मेरी अर्धांगिनी थिइन् .....




Thanks,
Posted By : Daniel (Bhagwan)

1 comment:

  1. Casino Games in Las Vegas | DrMCD
    You 평택 출장샵 can play casino games in all your favorite slots, video poker, and more with no download or registration 남양주 출장안마 required. With 정읍 출장마사지 over 포항 출장샵 400+ 라이브 스코어 사이트 casino games,

    ReplyDelete

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition