24 Jan 2012

निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठ ले बोले तिम्रा लागि बात  हुन्छ 
तिम्रो मनमा कल्मस भए पनि म त तिम्रै प्यासी
नसालु ति हेराई तिम्रा, मेरो लागि मात हुन्छ


तिम्ले जे बोले पनि मेरा लागि साथ हुन्छ
निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अनायसै गरिएका मेरो माया, तिम्रो लागि
बेवास्ता तिमीले गरिदिंदा मेरो लागि लात हुन्छ 

यदि मेरो प्रेम लाई स्वीकार्दैनौ भने तिमि
बुझिदेउ मेरो जीबन, खरानी सरि हुन्छ
निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठ ले बोले तिम्रा लागि बात  हुन्छ

कि त देउ साथ तिम्ले कि त माया पनि
नसालु ति हेराई तिम्रा, मेरो लागि मात हुन्छ
निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठले बोले तिम्रा लागि बात  हुन्छ

माग्ने छैन तिमीसंग आकाशका तारा
समर्पणमा केवल आखिर सुम्पे जिबन सारा
निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठले बोले तिम्रा लागि बात  हुन्छ



Bhagwan
Thanks,
Posted By: Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition