16 Dec 2011

डायरी को पाना बाट कथाहरु..............


03-03-2011
एकाबिहानै उठे जस्तो लागेको थियो/  कति खेर क्याम्पस गइसकेछु / बाटो मा कति संग ठोकिए  होला कति संग बिहानी को चिया नास्ता का  कुरा भएका थिए  होला, तर मलाई कुनै पत्तो थिएन/ कसैले नमस्कार भनेको जस्तो लागेको थियो नसुनेझै गरि हिडीदिए / मेरो के गल्ति बाटो मा हिड्ने सबैसंग बोल्दै अरुका कुरा काट्न लाई/ क्याम्पस मा सबै जना आफ्ना आफ्ना ठाउमा विराजमान थिए / सर पनि आफ्ना नोट किताब बाट कहिँ कतै छुट्टीयाला जसरि एक मन लगाएर किताब हेर्दै अनि पड्दै थिए /
म पनि एउटा कुनामा छाडिएको कुर्सि मा गइ बसे/ म त्यहाँ कैले कुना कैले भित्ता कैले बाहिर हेर्दै सर एउटा अर्को आएको गएको पत्तो लगाउदै र गन्दै थिए/ एक, दुइ , तिन, ..... अब सकियो सर को महाभारत/  एक्कासी छुट्टी एक घाँन  मकै भुट्टी भन्दै हल्ला गरे पछी म पनि बिहान जिउ मा भिरेको झोला उस्तै जिउ मा पाए पछि हिडे/


चप्पलको आबाज आयो, टक टक......... माथि जाने बाटो साघुरो थियो, निहुरिनु पर्ने म पनि यहाँ आउने बेलामा होसियार्को साथ् निहुरिदै आउने गरेको छु, सुरुको का दिन मा यहाँ  अभ्यस्त नहुदा मलाई ठोकेको पिडा कहिले पनि यहाँ आउदा भुल्ने गरेको छैन/ अनि मैले बाहिर हेरे को रहेछ भनेर, एउटा धम्मर्धुस मान्छे रहेछा/ उसले मलाई ढोका खोलेर चिहएको देख्यो अनि नदेखे झैँ गरि माथि गयो/ यो ठाउँ मा प्राय मानिस हरु आउने जाने धेरै गर्छन, मैले तिनी हरु कसैलाई पनि चिनेको थिइन र चिन्ने कोसिस पनि  गर्दिनथे / ति सबै मेरा लागि बेकार को काम थियो/ म त्यहाँ निकै बेर बसे, उठेर चार पाँच फन्का त्यो कोठा लाई लगाए उसको कुनै पत्तो थिएन, बाहिर हेरे, भित्र छिरे आउने कुनै आस भएन/

एकै छिन पछी, आफुलाई पेट दुखेको जस्तो लग्यो खल्ती छामे दुइ चार ओटा सिक्का भेटे केहि खाने मन भएको थियो बिहान देखि केहि खाएको थिएन/ हुनत म येहा एक्लै भएर भोक लागेको अनुभव भएको होला भन्ने पनि लख काट्दै थिए / तेहा भएको भाँडाहरु  हेरे सबै खाली थिए  अनि सबै कति दिन देखि नपखालेको अनि चिल्लो पनि सुकेका दुइ तिन भाडा रहेछ/ तेही चिल्लो भाडो एक दुइ पटक चांटे अनि पेट छाम्दै बाहिर हिडे/ अनि पेट धेरै दुख्न थाले पछी तेहा बाट हिडे/ त्यो होचो घर को बाहिर मिठाई पसल थियो म सधै त्यो बाटो आउने जाने गरेको उसले देखेको पनि थियो/ खल्ती छाम्दा पाएको दुइ चार ओटा सिक्का तेहा काम लाग्दैनथ्यो कम्ति मा पनि बिस रुपिया लाग्ने थियो/ मन मा लाग्दै थियो यो पैसा पनि कति चाडै सकिन्छ/ कतै खर्च गरे जस्तो लाग्दैन/ मिठाई पसल अघि बस्दै सोच्दै थिए एउटा रिक्सा आइ प्या प्या पर्दै रहेछ आवाज ले झसङ्ग हुदै आफ्नो बाटो लागे/

अलि कति हिडे पछी गाडी स्टप थियो/ गाडी स्टप मा गाडी आयो, अनि सम्झे गाडी भाडा छैन/ भयो हिडेर जान्छु भनेर पनि अर्को मन ले भन्दै थियो/ आफुले आफै संग सामर्थ्य नभएको अनुभव भएपछी जे होला सो टर्ला भन्दै म गाडी चढे/ एकै छिन मा ओर्लने समय भयो खलासी ले भाडा माग्यो र मैले चार रुपिया दिदै आज यति छ भोलि दिउला अरु भने/ उ मलाई हेर्दै थियो सायद सोच्दै थियो कस्तो भिकारी रहेछ गाडी भाडा नहुने किन गाडी चड्ने तर उसले मेरो अनुहार हेरी दया गरेर केहि पनि नभनी आफ्नो काम मा लाग्यो/ म पनि लाज मान्दै लुरुलुरु अर्को बाटो समाए /
गोडा राम्रो संग चल्न सकेको थिएन/ तर पनि मेरो खुट्टा दरो हुदै थियो, घर आएपछि के बलियो भने जस्तै म एकै छिन मा घर पुगे/ घर पुग्दा समेत पेट मा मुसा कुद्दै थिय, एकछिन आराम गरेर भान्छा चाहारे अनि केहि कुरा खाएपछी आराम संग सुतेको कुरा मलाई आज याद भयो/



Thanks,
Posted By : Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition