17 Dec 2011

दोलालघाट पिकनिक 
From Public Youth Campus
date - ०३-१२-२०११
दोलालघाट एउटा संगम स्थल जहाँ सुनकोसी र इन्द्रावती नदि को भेट हुन्छ/ यो ठाउँ बिसेस गरि यहाको लोकल माछा को परिकार को लागि परिचित छ/ यो ठाउँ काव्रे जिल्ला मा पर्ने राम्रो भौगोलिक क्षेत्र को रुपमा देखियको छ/ तेसैले होला, Background  धेरै मानिस हरु पिकनिक क लागि भेला भएका छन्/
यो फोटो दोलालघाट पिकनिक जादा को हो/ यस फोटो मा उपस्थित भएका सबै student & Teacher हरु हुनु हुन्छ/
BackGround मा इन्द्रावती नदि अनि पहाड हरु रहेका छन्/ एस फोटो मा मेरो अनुपस्थिति रहेको छ/




In background Foto- sunkoshi river & Bridge
म दोलालघा घुम्ने रहर ले गर्दा त्यस समय म सुनकोसी नदि तिर गएको थिए/ जुन पुल काभ्रे जिल्ला को अन्य ठाउँ जाने र जोड्ने पुल को रुपमा रहेको थियो/

सुनकोशी स्टील त्रुस पुल - यस पुल मार्फत यहाँ काभ्रे जिल्ला का विभिन्न ठाउँ हरु काठमाडौँ संग जोदियाका छन्/ जस्तै : भुम्लु, दुद गाउ, चौबास आदि आदि

यस फोटो मा पछाडी मानिस को लागि भनेर पुल रहेको छ/ अनि म चाही गाडी को पुल को डिल म उभिएको छु/ पछाडी अन्य पहाड हरु देखिएका छन्/


यो फोटो मा क्रमस चस्मा लगाएका अभिनास अनि अर्का ठुलो हासो का साथ सुजन रहेका छन/ यो फोटो पिकनिक गन्तब्य स्थान को लागि जादा बाटोमा गाडीमा खिचेको थियो/
यो स्टील त्रुस सुनकोशी पुल रहेको छ/ जुन मा एक्लै दोलालघाट परिक्रमा गर्ने बेला मा खिचेको थिए/ त्यसपछि म कोशी परि पुल हिडेर काटे पछी गएको थिए/ दाया पट्टि अरु ठाउँ जाने रोड रहेको छ भने बाया पट्टि नजिकै रहेको तामांग बस्ति जाने अनि जंगल जाने गोरेटो बाटो रहेको छ/


म यहाँ गएर अमला टिपेको थिए जुन सुनकोशी तारे पछी ३० मिनेट उकालो हिड्नु पर्दथ्यो/ यहाँ बाट दोलालघाट अनि पर पर को भू आकृति एकदम राम्रो देखिन्थ्यो/


यो सुनकोशी पुल र परि अर्को पट्टि दोलालघाट रहेको छ/ अनि हिउद को समय भएर सुनकोशी सुकेको जस्तो देखिन्छ/


हामीले गरेको क्रियाकलाप - दोलालघाट पिकनिक मा
यो द्रिस्य हामीले खेलेको खेल भाडो फुटाउने हो जसमा हामीले आखा मा पट्टि लागे ३-५ फन्क घुमाए पछी फोटो मा जस्तै निश्चित दुरी बाट आएर भाडो फुटाउनु पर्दथ्यो/ यस खेल मा निकै रमाइलो भएको थियो/ बिसेस गरि साथी हरुले दिएको निर्देसन लाई आखा थुनेर, विश्वास गरि खेल जित्दा रमाइलो नै हुन्छ नि हैन र?



पिकनिक गएका केहि साथी हरु त्यहाँ भएको इन्द्रावती नदि मा पौडी खेली काठमाडौँ को धुलो अनि मयल सबै इन्द्रावती मा फालिदिए/ तेसो गर्ने मा म पनि पर्दथे/ पनि त्यहाँ को चिसो भए पनि एकदम पौडी खेल्दा रमाइलो भएको थियो/ एस फोटो मा रहेका पौडी खेल्ने साथी विजय सापकोटा रहेका छन/ उहा हिडेर इन्द्रावती पार गर्ने कोसिस गर्दै हुनुहुन्छ/










र साथ साथै पिकनिक music अनि नाचगान ले गरेर झनै रमाइलो भएको थियो -

यस नाचगान गर्ने क्रम मा फोटो मा देखिय का संजय अनि अन्जना एकदम राम्रो संग रमिरहेको अनुभूति हुन्छ/अरु साथी हरु पनि नाचगन garna लागेका थिए/ त्यस समाए हाम्रो रबिन्द्र सर पनि जोड संग नाच्नुभएको हामीले अनुभूति गरेका थियौ/ उहा एकदम rocky dancer हुनु हुदो रहेछ भन्ने कुरा मलाई अहिले सम्म पनि लागिरहेको छ/


त्यस पछी हामी ले बिंगो पनि खेलेका थियौ/ सो खेल मा हाम्रो रबिन्द्र सर नै भाग्यमानी हुनु भयो/ प्राय सबै prize  उहाले जित्नु भयो/




Thanks,

Poste By: Daniel(Bhagwan)

17-12-2011








0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition