25 Jun 2013

आँखा मा राख्न खोज्छु तिमीलाई
कसिंगर बनिदिने डर लाग्छ |
मुटु भित्र लुकाउन खोज्छु तिमीलाई
व्यथा बनिदिने डर लाग्छ | |
     कुनै एकताका म टेलिफोनोफोबिया ले ग्रस्त थिए I मेरो फोन बज्ने बित्तिकै म एक्कासी बेहोस हुने, डर लाग्ने शरीर काप्ने जस्तो हुन्थ्यो I मलाई अहिले पनि सम्झना छ एकपल्ट नयाँ नम्बर बाट फोन आएको थियो I त्यो काठमाडौं को लाईन को फोन नम्बर थियो I म डर ले भुईमा ढले केहि थाहा भएन सायद म बेहोस भएको थिए I त्यसपछि मैले करिब ६-७ महिना फोन use गर्न छाडिदिएँको   थिए, पछि data SIM card use गर्न थालें जसबाट फोन गर्न र receive गर्न नमिल्ने हुन्थ्यो I इन्टरनेट र संदेश आदान प्रदान गर्न मिल्ने थियो I यहि चलाउदै गएँ र पछि यही चलाउन अभ्यस्त भएँ I
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition